रणाले मुश्ताक अली टी-२० ट्रफीका १२ खेलहरूमा आफ्नो राज्य दिल्लीको लागि कप्तानी गरेका छन्। रणाको कप्तानीमा दिल्लीले आठ खेलहरू जित्यो र चार खेलहरू हारेको छ।
गत सिजनमा राणा KKR का लागि श्रेयस अय्यर पछि ३६१ रन बनाएर दोस्रो सर्वाधिक रनकर्ता थिए। उक्त अवधिमा उनको स्ट्राइक रेट १४३.८२ रहेको थियो। KKR को लागि गत सिजन निराशाजनक रह्यो, किनकि टिमले छ जित र आठ हार सहित लिगमा सातौ स्थान ओगटेको थियो।
नीतीश राणा २०१८ देखि कोलकाता नाइट राइडर्ससँग जोडिएका छन्। आईपीएल २०२३ को मेगा अक्शनमा केकेआरले नीतीश राणालाई ८ करोड रुपैयाँमा खरिद गरेको थियो। भारतका लागि एक वनडे र २ टी२० खेलिसकेका राणाले हालसम्म ९१ आईपीएल खेलमा २१८१ रन बनाएका छन्।
टीमले घोषणा गरेको छ, घाइते अय्यरको स्थानमा जिम्मेवारी सम्हाल्नेछन्।