सामसङले २५ फेब्रुअरी राति ११:३० बजे सान फ्रान्सिस्कोबाट Galaxy Unpacked 2026 कार्यक्रम आयोजना गर्ने जनाएको छ, जसमा Galaxy S26 सिरिज र Galaxy Buds 4 सिरिज सार्वजनिक गरिनेछ। कार्यक्रम कम्पनीको आधिकारिक वेबसाइट र युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
Galaxy S26 सिरिजमा Galaxy S26, S26 Plus र S26 Ultra मोडेल समावेश हुनेछन्। यी मोडेल हल्का डिजाइन र अपग्रेड गरिएको क्यामेरा प्रणालीसहित आउने बताइएको छ। विशेषगरी S26 Ultra मा समावेश गरिएको प्राइभेसी डिस्प्ले सुविधा प्रयोगकर्ताको सुरक्षा र व्यक्तिगत डाटा संरक्षणका लागि लक्षित रहेको कम्पनी पक्षले जनाएको छ।
कम्पनीका विज्ञहरूका अनुसार S26 सिरिजमा फोटोग्राफी र मल्टिटास्किङका लागि विभिन्न नयाँ प्रविधि समावेश गरिएको छ। यी उपकरणहरू स्मार्टफोन प्रयोगकर्तालाई प्रिमियम र स्मार्ट अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको बताइएको छ।
उक्त कार्यक्रममा Galaxy Buds 4 र Buds 4 Pro पनि सार्वजनिक गरिनेछन्। नयाँ मोडेलहरूमा मेटल स्ट्रिप डिजाइन र एर्गोनोमिक सिलिकन इयरटिप्स रहने बताइएको छ, जसले प्रयोगकर्तालाई सहज प्रयोग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
Galaxy Unpacked 2026 कार्यक्रममा क्यामेरा र फोटोग्राफीसँग सम्बन्धित स्मार्ट एआई उपकरणहरू सहित एआई सुविधाहरूलाई प्रमुख रूपमा प्रस्तुत गरिनेछ। टेक विशेषज्ञहरूले यस्तो एआई एकीकरणले स्मार्टफोन उद्योगमा नयाँ दिशा देखाउन सक्ने बताएका छन्।











