रिपोर्ट अनुसार, राघव र परिणीति इंग्ल्यान्डमा पढ्दै गर्दा पहिले नै एक अर्कासँग परिचित थिए। परिणीतिले म्यानचेस्टर बिजनेस स्कूलमा पढाइ गरेकी छन् भने, राघवले लन्डन स्कूल अफ इकोनोमिक्समा पढेका छन्।
केही दिन अगाडि टाइम्स अफ इन्डियाको समाचार अनुसार, दुई परिवार एक अर्कासँग सम्पर्कमा रहेको र छिट्टै कुनै मिति घोषणा हुन सक्ने समाचार बाहिर आयो।
परिणीति र राघव आफ्नो सम्बन्धबारे अझै केही भन्न चाहँदैनन् भए तापनि, राघव चड्ढाका सहयोगी र आम आदमी पार्टीका सांसद संजीव अरोड़ाले यो खबरको आधिकारिक पुष्टि गरेका छन्। उहाँले आफ्नो ट्विटरमा लेख्नुभएको छ, "म तपाईँ दुवैलाई हार्दिक बधाई दिन्छु।"
मौन र मुस्कानले धेरै कुरा बोले; केही बेर अगाडि नै एएपी सांसदले यसको पुष्टि गरेकी थिइन्।