चलचित्र "पठान" वाईआरएफ स्पाई युनिभर्सको चौथो चलचित्र हो। यस स्पाई श्रृंखलामा यसअघि रितिक रोशन र टाइगर श्रॉफको चलचित्र "वार", सलमान खानको "एक था टाइगर" र "टाइगर जिन्दा है" प्रदर्शन भइसकेका छन्। पठानपछि "टाइगर ३" र "वार २" पनि निर्धारित छन्।
हिन्दी चलचित्रहरूमा, पठानले अहिलेसम्म सबैभन्दा धेरै कमाइ गरेको छ। पठानको विश्वव्यापी कलेक्सन १०४९ करोड छ, जसमध्ये भारतमा ६५७ करोड रुपैयाँ कमाइ भएको छ।
यासिरले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा लेखेका छन्– तपाईंले इम्पोसिबल १ पनि हेर्नुभएको छ भने, शाहरुख खानको पठान तपाईंलाई कथाविहीन भिडियो गेमभन्दा बढी केही लाग्दैन होला। यस पोस्टपछि किंग खानका फ्यानहरु असन्तुष्ट देखिएका छन्।
उनले भने, शाहरुख खानको पठान फिल्मको कथा केवल भिडियो गेम भन्दा बढी केही छैन।