सिल्वर रंगको गहिरो नेकलाइन भएको मरमेड गाउनमा न्यासा निकै प्यारी देखिन्छिन्। यो फोटो हेरेर एक फ्यानले लेखेका छन्, "तपाईंको सुन्दर मुस्कान र अजय देवगनको नशाजनक आँखा, कृपया आर्यन खानसँग डीडीएलजे २ मा लन्च गर्नुहोस्।"
काजोलले आफ्नो इन्स्टाग्राममा आफ्नो छोरी न्यासाको साथ एकल तथा एक अर्काको साथ ट्विनिङ गर्ने कैयौं तस्वीरहरू शेयर गरेकी छिन्।
सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरहरूमा आमा–छोरी दुवै सेतो रंगको पोशाकमा आकर्षक देखिन्छन्। काजोलले जसरी सधैं खुसीको मुस्कानले आफ्ना फ्यानहरूलाई मोहित पार्छिन्, त्यसैगरी उनकी छोरी न्यासाले पनि आफ्ना कौतुहल स्माइलले फ्यानहरूलाई आकर्षित गरिरहेकी छन्।
“मिनी मी र म” लेखेर, फ्यानहरूले आर्यन खानसँग डीडीएलजे २ को माग गर्न थाले।