उनी यस खेलमा भारतको लागि आफ्नो २५० औं खेल खेलेकी थिइन्। २८ वर्षीया खेलाडी टोकियो ओलम्पिकपछि चोटका कारण समस्या झेल्दै आएकी छिन्। त्यसपछि उनी विश्व कप र राष्ट्रमण्डल खेलमा सहभागी हुन सकेनन्।
रानीको कप्तानीमा भारतीय टिमले २०२० मा ओलम्पिक्समा पहिलो सेमिफाइनलमा पुगेको थियो। रानीले यस वर्षको सुरुवातमा दक्षिण अफ्रिका भ्रमणका क्रममा भारतीय टिममा फर्किएकी थिइन्, जहाँ उनलाई २२ सदस्यीय टिममा समावेश गरिएको थियो।
पहिलो पटक महिला हक्की खेलाडीको नाममा स्टेडियम निर्माण भएको छ। भारतीय महिला हक्की टिमकी कप्तान रानी रामपालको नामबाट यो स्टेडियम नामाकरण गरिएको छ।