वाल्वार्टले लगातार दोस्रो अर्धशतक बनाए

गुजरातकी ओपनर खेलाडी लौरा वाल्वार्टले लगातार दोस्रो खेलमा अर्धशतक बनाएकी छन्। उनले दोस्रो विकेटका लागि सब्बिनेनी मेघनासँग ६३ रन र तेस्रो विकेटका लागि एस्ले गार्डनरसँग ५२ रनको साझेदारी गरेकी थिइन्। १७औं ओभरमा श्रेयांका पाटिलको बलमा क्याच आउट भएर आउट भइन

मन्धाना र डिभाइनले आक्रमक सुरुवात गराए

१८९ रनको लक्ष्य पछ्याउन उत्रेको रॉयल च्यालेन्जर्स बेंगलुरुलाई कप्तान स्मृति मन्धाना र सोफी डिभाइनले आक्रमक सुरुवात गराए।

महिला प्रिमियर लिगको शनिबारको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात जाइंट्सलाई ८ विकेटले पराजित गर्‍यो

ब्रेबोर्न स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १८८ रन बनायो। जवाफमा बेंगलुरुले १५.३ ओभरमा ८ विकेटले जित हासिल गर्‍यो।

डब्लु.पी.एल. मा पहिलो शतक बनाउन सोफी डिवाइन असफल

आर.सी.बी. ले १८९ को लक्ष्य १५.३ ओभरमा पुरा गर्‍यो र गुजरातलाई पराजित गर्‍यो।

Next Story