दक्षिण अफ्रिका ले १२ मार्च २००६ मा वनडे क्रिकेटमा पनि सबैभन्दा ठूलो स्कोर चेस गरेको थियो। त्यस समयमा उनीहरुले एक विकेटले अष्ट्रेलियालाई पराजित गरेका थिए।
दक्षिण अफ्रिका बुल्गेरियाको रेकर्ड तोड्न सफल भएको छ। बुल्गेरियाले सन् २०२२को जुन २६ तारिखमा सोफियामा उक्त रेकर्ड बनाएको थियो। दक्षिण अफ्रिकी टिमले २४६/४ को स्कोर पछ्याउँदै रेकर्ड तोडेको हो।
अफ्रिकी टोलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो स्कोर पछ्याउने गरेको छ। आइतवार साँझ सेन्टुरियन मैदानमा दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोलीले वेष्ट इन्डिजलाई तीन खेलको टी-२० शृंखलाको दोस्रो खेलमा ६ विकेटले पराजित गरेको छ।
डे भिकॉकले ४४ बलमा शतक प्रहार गरेका छन्; जुनसन चार्ल्सले क्रिस गेलको रेकर्ड तोडेका छन्।