अफगानिस्तानले पहिलो पटक शीर्ष ६ टिममध्येको कुनै पनि टिमविरुद्ध शृंखला जितेको छ। शीर्ष ६ टिममा भारत, पाकिस्तान, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्यान्ड पर्दछन्। अफगानिस्तानले यसअघि वेस्ट इन्डिज, बंगलादेश र जिम्बाब्वे विरुद्ध शृंखला जिति
अफगानिस्तानका ओपनर रहमानुल्लाह गुरबाजले समय लिएर ४९ बलमा ४४ रन बनाए। उस्मानले ७ र इम्ब्राहीम जदरानले ३८ रन बनाएर आउट भए।
टस जितेर पहिले ब्याटिङ गर्ने पाकिस्तानको टोलीले ६३ रनमा पहिला ५ विकेट गुमाएको छ। ओपनर सईम अयूब शून्य रनमा आउट भए।
दोस्रो खेलमा ७ विकेटले पाकिस्तानलाई पराजित गर्दै अफगानिस्तानले २-० को अग्रता बनाएको छ। अब अफगानिस्तानले शृंखलालाई पूर्णरूपमा जित्ने अवसर प्राप्त गरेको छ।