अमित रविन्द्रनाथ शर्मा यस फिल्मका निर्देशक हुन्। फिल्मको निर्माण जी स्टुडियो, बोनी कपूर, अरुणावा जॉय सेनगुप्ता र आकाश चावलाले गरेका छन्। फिल्ममा एआर रहमानको संगीत छ भने रितेश शाहको स्क्रिप्ट छ।
यो फिल्म फुटबल प्रशिक्षक सईद अब्दुल रहीमको जीवनीमा आधारित छ। उहाँलाई भारतमा फुटबलका पिताको दर्जा दिइन्छ। फिल्ममा अजय देवगनसँगै बोमन ईरानी, रूद्रनील घोष, प्रियामणि र गजराज राव पनि छन्।
अजय देवगनले ट्वीट गर्दै फिल्म ‘मैदान’ को टिजर ‘भोला’ सँगै रिलीज हुने जानकारी दिएका छन्। उनले फिल्मको पहिलो लुक पोस्टर पनि शेयर गरेका छन्।
‘भोला’ सँगै रिलिज हुनेछ ‘मैदान’ को टीजर, जुन भारतीय फुटबलका सुनौला युगमा आधारित छ।