आगामी ३१ मार्चदेखि सुरु हुने इन्डियन प्रिमियर लिगमा यसपालि ऋषभ पन्तले खेल्ने छैनन्। गत वर्ष, ३१ डिसेम्बरमा, दिल्लीबाट रुडकी आफ्नो घर जानुहुँदै गर्दा पन्तको कार दुर्घटनामा परेको थियो। दुर्घटनापछि उनलाई गम्भीर चोट लागेको थियो।
अष्ट्रेलियाका दिग्गज पोंटिंगले बताएका छन् कि तीन वर्षपछि हामी होम र अवे खेलका लागि यात्रा गर्नेछौं । आईपीएलको समयमा यात्रा कठिन हुनेछ, र विभिन्न स्थानमा खेल खेल्न पाउँदा उत्साहित छौं । यसले प्रतियोगिताको रोमाञ्चकता बढाउँछ ।
दिल्ली क्यापिटल्सले डेभिड वार्नरलाई ६.२५ करोड रुपैयाँमा खरिद गरेको छ र उनी आईपीएल २०२३ मा टीमको नेतृत्व गर्नेछन्। त्यसैगरी, अलराउन्डर अक्षर पटेल टीमका उप-कप्तान हुनेछन्।
हेड कोच रिकी पोंटिङले भनेका छन् - पन्तको डगआउटमा उपस्थिति टिमका लागि विशेष हुनेछ।