४२ हजार दर्शकको उपस्थितिमा खेलपछि मेस्सीलाई १०० गोल पूरा गर्ने सम्मानमा पुरस्कार प्रदान गरियो। त्यसपछि अर्जेन्टिना राष्ट्रिय टिमका खेलाडीहरूले स्टेडियममा दर्शकहरूको अगाडि विश्वकप ट्रफी देखाएर उत्सव मनाए।
फिफा रैंकिंगमा ८६ औं स्थानमा रहेको टोली कुराकाओले मात्र २० मिनेटसम्म आफ्नो गोल पोस्ट बचाउन सफल भयो। २० औं मिनेटमा मेस्सीले लो सेस्लोबाट पास लिएर बक्सभित्र सुन्दर शट लगाएर गोल गरे। त्यसपछि नै २३ औं मिनेटमा गोन्जालेजले गोल गरे।
मेस्सी विश्व फुटबलमा तेस्रो धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्। अर्जेन्टिनामा उनी सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। उनको पछाडि गेब्रियल बतिस्तुताका ५६ र सर्जियो अग्येरोका ४१ गोल छन्। मेस्सी आफ्नो देशका अन्य खेलाडीहरूभन्दा एकतर्फी रूपमा गोल ग
मैत्रीपूर्ण खेलमा क्युरासाओलाई हराउँदै मेस्सीले आफ्नो १०० औँ अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन्। ह्याट्रिक पनि गरेका मेस्सीले यो महत्वपूर्ण उपलब्धि हासिल गरेका हुन्।