प्रतियोगितामा १८ वटा डबल हेडर हुनेछन्, अर्थात्, दिनमा १८ पटक दुई खेल हुनेछन्। यस क्रममा पहिलो खेल दिउँसो ३ः३० बजे र दोस्रो खेल साँझ ७ः३० बजेदेखि सुरु हुनेछ। ३१ मार्चमा गुजरात र चेन्नई बीच पहिलो खेलपछि, १ र २ अप्रिलमा दुई वटा डबल हेडर हुनेछन्।
२०१८ को आईपीएलको उद्घाटन समारोह मुम्बईको वानखेडे स्टेडियममा भएको थियो । त्यहाँ बलिउड स्टार ऋतिक रोशन, जैकलिन फर्नान्डेज र तमन्ना भाटियाले प्रस्तुति दिएका थिए । साथै, गायक मीका सिंह र नृत्य निर्देशक प्रभुदेवले पनि उद्घाटन समारोहमा प्रस्तुति दिएका थिए ।
आईपीएलमा यसअघि बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खान, अमेरिकी गायक पिटबुल, क्याटरीना कैफ, करीना कपूर र दीपिका पादुकोणले पनि प्रदर्शन गरिसकेका छन्।
अभिनेत्री तमन्ना भाटिया र गायक अरिजीत सिंहले कार्यक्रममा प्रस्तुति दिनेछन्।