आयरल्याण्डको सुरुवात निकै खराब रह्यो। ओपनिङमा आएका कप्तान पॉल स्टर्लिंग पहिलो बलमै तस्कीन अहमदको शिकार बने। त्यसपछि टोलीका अन्य खेलाडीहरू क्रमशः विकेट गुमाउँदै गए। रस अडायरले ६, लोर्कन टकरले ५, हैरी टेकटरले २२, गेराथ डेलनिले ६ र जर्ज डोकरेलले २ रन मात
आयरल्याण्डले टस जितेर पहिले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गर्न मैदान उत्रिएको बंगलादेश टिमका सलामी ब्याटर लिटन दास र रोनी तालुकदारले टिमलाई शानदार सुरुवात गराए। दुवैले मिलेर टिमका लागि ९.२ ओभरमा १३ चौका र ५ छक्काको मद्दतले कुल १२४ रन जोडे।
चटगाउँमा खेल सुरु हुनुभन्दा १० मिनेट अगाडि नै वर्षा सुरु भयो। करिब ४० मिनेटपछि वर्षा रोकियो र अम्पायरले १७ ओभरको खेल खेलाउने निर्णय गरे। करिब १०० मिनेटपछि खेल सुरु भयो।
आयरल्याण्डलाई दोस्रो टी–२० खेलमा ७७ रनले पराजित गर्दै बङ्गलादेशले टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा विजय हासिल गरेको छ। शाकिबले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिए।