एक प्रयोगकर्ताले लेखेअनुसार, सडकमै गाडी रोकेर नंगी भएकी युवतीलाई सहयोग गरेको चालकको पनि प्रशंसा गर्नुपर्छ। कतिपय अवस्थामा यस्ता परिस्थितिहरू दुरुपयोग गर्नेहरू पनि हुन्छन्।
एक अर्को प्रयोगकर्ताले लेखेअनुसार, अमांडाको चलिरहेको गाडीलाई इशारा गरेर रोक्नु, उनलाई सायकायट्रिक एपिसोड भोगिरहेको बताउनु र आफ्नो सहायताका लागि आफैले ९११ लाई सम्पर्क गर्नु ठूलो कदम हो।
एनबीसी न्यूजका अनुसार, अमांडा लामो समयदेखि परिवारबाट अलग्गै बस्दै आएकी छन्। अमांडाका एक्स-ब्वायफ्रेन्ड, पोल माइकलले सञ्चार माध्यमलाई बताएअनुसार, केही समयदेखि अमांडाले आफ्ना औषधि सेवन गर्न छोडेकी छन्।
हालै अमेरिकी अभिनेत्री अमाण्डा बायन्स लस एन्जलसको सडकमा नग्न अवस्थामा हिंडिरहेको देखिएकी थिइन्। सञ्चार माध्यमका अनुसार उनी बेहोशीको अवस्थामा थिइन् र आफैंले प्रहरीलाई फोन गरेर मदत मागेकी थिइन्।