टक्सिक टिजरमा देखिएकी मिस्ट्री गर्लको पहिचान बीएट्रिज टाउफेनब्याकको रूपमा पुष्टि

टक्सिक टिजरमा देखिएकी मिस्ट्री गर्लको पहिचान बीएट्रिज टाउफेनब्याकको रूपमा पुष्टि

फिल्म ‘टक्सिक: ए फेयरी टेल फॉर ग्रोन-अप्स’ को टिजरमा देखिएकी ‘मिस्ट्री गर्ल’ को पहिचान सार्वजनिक भएको छ। निर्देशक गीतु मोहनदासका अनुसार टिजरमा अभिनेता यशसँग देखिएकी अभिनेत्री बीएट्रिज टाउफेनब्याक हुन्। निर्देशकले सामाजिक सञ्जालमार्फत उनको नाम र तस्बिर सार्वजनिक गर्दै यस विषयमा फैलिएको भ्रम हटाएकी हुन्।

यसअघि टिजरमा देखिएकी विदेशी अभिनेत्रीलाई लिएर उनी हलिउडकी युक्रेनी–अमेरिकी अभिनेत्री नताली बर्न भएको दाबी सामाजिक सञ्जालमा फैलिएको थियो। तर निर्देशकको आधिकारिक पुष्टि पछि नताली बर्न फिल्मको हिस्सा नरहेको स्पष्ट भएको छ।

बीएट्रिज टाउफेनब्याकबारे सार्वजनिक जानकारी सीमित रहेको बताइएको छ। उनको सामाजिक सञ्जाल खाता निजी रहेको र इन्स्टाग्राममा फलोअर्स संख्या दुई हजारभन्दा कम रहेको जानकारी उपलब्ध छ। टिजरमा उनको उपस्थितिले दर्शकको ध्यान खिचेको छ र उनी यशसँग केही दृश्यहरूमा देखिन्छिन्।

‘टक्सिक: ए फेयरी टेल फॉर ग्रोन-अप्स’ मा यशसँगै तारा सुतारिया, रुक्मिणी वसन्त, नयनतारा, कियारा आडवाणी र हुमा कुरैशी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्। फिल्म कन्नड र अंग्रेजी भाषामा छायांकन गरिएको छ।

फिल्मलाई हिन्दी, तमिल, तेलुगु र मलयालमसहित विभिन्न भाषामा डब गरेर रिलिज गर्ने तयारी गरिएको छ। निर्माण पक्षका अनुसार फिल्म 19 मार्च 2026 मा सिनेमाघरमा प्रदर्शनमा आउनेछ।

Leave a comment