आचार्य चाणक्यका अनुसार, मानिसको सबभन्दा ठूलो रोग र सबभन्दा ठूलो सुख के हो ? जान्नुहोस् ।
कौटिल्य र विष्णुगुप्तका नामले परिचित आचार्य चाणक्यको बुद्धिमत्ता र कुशलतालाई उनका शत्रु पनि मान्थे । आचार्य केवल विभिन्न विषयका जानकार मात्र थिएनन्, तर एक कुशल गुरु, मार्गदर्शक र रणनीतिकार पनि थिए । आचार्यको व्यक्तित्व असाधारण थियो र उनले आफ्नो अनुभव र जनहितलाई ध्यानमा राखेर जे भनेका छन्, त्यो आज पनि सटीक साबित हुन्छ ।
चौणक्य नीतिमा आचार्य चाणक्यले सबभन्दा ठूलो सुख, तप, रोग र धर्म के हो भनेर यस लेखमा जान्नुहोस् ।
सबभन्दा ठूलो सुख: सन्तोष
आचार्य चाणक्यले सन्तोषलाई सबभन्दा ठूलो सुख मान्थे । उनको विश्वास थियो कि जसको हृदयमा सन्तोष छ, त्यो संसारमा सबैभन्दा खुसी मानिस हो । मानिसको इच्छा नै उनको सबभन्दा ठूलो शत्रु हो । सन्तुष्ट व्यक्तिले अरूको सुख देखेर ईर्ष्या गर्दैन र खुशी रहन्छ ।
सबभन्दा ठूलो तप: शान्ति
आचार्य चाणक्य शान्तिलाई सबभन्दा ठूलो तप मान्थे । उनको मान्यता थियो कि केही मानिसहरूसँग संसारका सबै सुविधा हुन्छन्, तर पनि उनीहरूसँग शान्ति हुँदैन । शान्ति त्यही बेला आउँछ जब व्यक्ति आफ्नो मनलाई आफ्नो नियन्त्रणमा ल्याउँछ । जसले शान्तिलाई प्राप्त गरेको छ, उनको जीवन सफल हुन्छ ।
सबभन्दा ठूलो शत्रु: लोभ
व्यक्तिको सबभन्दा ठूलो शत्रु उसको लोभ हो । लोभी व्यक्तिले जति पनि पाओस्, उसलाई कहिल्यै सन्तुष्टि हुँदैन । उसले अरूको सम्पत्तिमा पनि नराम्रो दृष्टि राख्छ र ती कुराहरू हत्याउने प्रयास गर्छ । यस्तो व्यक्तिसँग न त सन्तुष्टि हुन्छ र न त शान्ति । जसले लोभमाथि विजय प्राप्त गरेको छ, उसले आधा लडाई जितिसकेको छ ।
सबभन्दा ठूलो धर्म: दया
अरूको प्रति दयाभाव राख्नु सबभन्दा ठूलो धर्म हो । आचार्य चाणक्यको मान्यता थियो कि यदि मानिसमा दया छैन भने त्यो पशु जस्तै हो । परमेश्वरले मानिसलाई यस योग्य बनाएका छन् कि उनी अरूको सहयोग गर्न सक्छन् । त्यसैले दयालाई सबभन्दा ठूलो धर्म मानिएको छ ।