स्वादिष्ट रबड़ी खीर कसरी बनाउने ? How to make delicious Rabri Kheer
खीर खान कसलाई मन पर्दैन होला, त्यो पनि रबडी हालेको खीर खाने मौका मिल्यो भने त झन् कति मीठो हुन्छ। रबडी खीर नाम सुन्नेबित्तिकै मुखमा पानी आउने खालको मिठाई हो। खासमा यो पनि चामलबाटै बन्छ तर यसलाई बनाउने तरिका एकदमै फरक र स्वस्थकर हुन्छ। घरमै रबडी खीर बनाउनको लागि तपाईँलाई कुन-कुन सामान चाहिन्छ र यसलाई कसरी बनाउने भन्ने रेसिपी हामी तपाईँसँग शेयर गर्दैछौँ। यसको स्वाद एकदमै फरक हुन्छ।
आवश्यक सामग्री Necessary ingredients
२०० ग्राम रबडी
१/२ कप चामल
आधा कप चिनी (आवश्यकता अनुसार)
१ सानो चम्चा अलैंची पाउडर
१ सानो चम्चा किसमिस
९-१० वटा बदाम (मसिनो गरी काटिएको)
९-१० वटा काजु (मसिनो गरी काटिएको)
१ लिटर दूध
पानी आवश्यकता अनुसार
एक ठूलो चम्चा पिस्ताको टुक्रा
बनाउने विधि Recipe
सबैभन्दा पहिले चामललाई राम्रोसँग धोएर आधा घण्टाको लागि भिजाउनुहोस्।
अब चामलको पानी निकालेर चामललाई हल्का पिस्नुहोस्।
कम आँचमा कराई तताउनुहोस्।
जब कराई तातो हुन्छ, त्यसमा दूध हालेर उमाल्नुहोस्।
दूधमा उमालेपछि यसमा भिजाएको चामल हाल्नुहोस् र चम्चाले चलाउनुहोस्।
अब यसमा मसिनो गरी काटेको काजु, पिस्ता र बदाम हाल्नुहोस्।
जब चामल र ड्राई फ्रुट्स नरम हुन्छ र खीर बाक्लो हुन्छ, तब कराईलाई ग्यासबाट तल झार्नुहोस्।
अब चिनी र अलैंची हालेर मिलाउनुहोस्।
जब खीर चिसो हुन्छ, त्यसमा रबडी हालेर मिलाउनुहोस्।
स्वादिष्ट रबडी खीर तयार छ।